रुकुम घटनाको भ्रत्सना गर्दै बुटवलमा प्रदर्शन, संसदीय छानविन समिति गठन गर्न माग

रुकुम घटनाको भ्रत्सना गर्दै बुटवलमा प्रदर्शन, संसदीय छानविन समिति गठन गर्न माग

बुटवल –पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको घोर भ्रत्सना गर्दै बिहिबार बुटवलमा प्रदर्शन गरिएको छ ।
जेठ १० गते रुकुममा भएको घटनाको घोर भ्रत्सना गर्दै मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा बुटवल बार एसोसियशन, राष्ट्रिय दलित पत्रकार संघ,इन्सेक नेपाल, एड्भोकेसि फोरम, नागरिक समाज पत्रकार लगायतको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

उक्त घटनाको विरोध तथा दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गरेको छ । निकै क्रुर र अमानवीय उक्त घटनाबाट हालसम्म ४ युवाको मृत्यु भएको छ । सो घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भमा समाजको अगुवाईमा बिहीबार बुटवलको राजमार्ग चौराहामा विभिन्न संघसंस्थाद्वारा विरोध प्रदर्शन गर्दै घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न आग्रह गरेका छन् ।
जाजरकोटका नवराज विक सहितको घट्नाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहित विरोध प्रदर्शन गरिएको हो । रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? रुकुम घटना पिडितलाई न्याय दे,  कानुनी सर्वोच्चता कायम गर ,छुवाछुत अन्त्य गरौ,दोषी पत्ता लगाइ कारवाही गर जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए । बुटवल राजमार्ग चौराहमा सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले कुनैपनि किसिमका विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए ।

सो अवसरमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले रुकुम घटनाले कानूनी राज्यको उपहास गरेको बताउँदै कानूनले ग्यारेण्टी गरेको अधिकारको संरक्षण गर्दै पीडितलाई न्याय र दोषीलाई कानून सम्मत कारवाही गर्न जोड दिनुभयो ।

त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम , रुपन्देहीको देवदह लगाएत पछिल्लो समय देशभर भएका अमानविय घटनाको स्मरण गर्दै त्यस्ता घटना घट्नाप्रति भ्रत्सना गर्नुभयो।

उहाले भने ‘संकटमा विभिन्न बहाना र कारणले भएका जुनसुकै घटना हुनु निकै दुस्खद र अमानवीय रहेको र त्यस्ता घटनाको उचित छानविन, कारवाही र न्याय मिल्नुपर्नेमा जोड दिनुभयो । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउलेको सामूहिक आक्रमणबाट हत्या भएको थियो । नवरास सहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ । बुधबार मात्रै लोकेन्द्र सुनारको शव फेला परेको छ । यसअघि नवराज विक सहित गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परिसकेको छ । घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता रहेका छन् । गत शनिबार नै रुपन्देही देवदह ११ की एक दलित बालिकाको हत्या भएको भन्दै उक्त घटनाको समेत छानविन गरि दोषीलाई कारवाही गर्न प्रदर्शनमा माग गरिएको थियो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डि.पि. खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन शान्ति समाज रुपन्देहीका  सचिव अर्जुन ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij