रौतटहमा एकैदिन थपिए ५६ कोरोना संक्रमित ,

रौतटहमा एकैदिन थपिए ५६ कोरोना संक्रमित ,

रौतहट
शुक्रबार एकै दिन रौतहटमा ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ। थपिएकामध्ये जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार हिजो बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए। १ हजार ५ जनाको स्वाब परीक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए। अझै रौतहटको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जनालाई राखिएको छ। जसमा ३ सय ६ जना महिला छन्। भारतबाट दिन प्रतिदिन आउने क्रम बढेपछि रौतहटमा कोरोना संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij