काठमाडौं ।
नेपालमा कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या दिनदिनै बढ्दै छ । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि विस्तारै बढिरहेको छ ।
पछिल्लो अद्यावधिक विवरण अनुसार अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट जेठ १० गते मृत्यु भएको छ ।
भारतबाट आउने क्रममा नेपाल प्रवेश गरेसँगै उनको कोरोना परीक्षणका लागि स्वाव लिइएको थियो । ती पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ६ जना व्यक्तिकै मृत्युपछि मात्र कोरोना भाइरस पोजेटिभ रहेको पत्ता लागेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्