बुटवल-पश्चिम रुकुमको चौरजहारी र रुपन्देहीको देवदहमा भएको घट्नाका विरुद्ध शनिबार बुटवलमा प्रदर्शन गरिएको छ ।
ई- सेवा समाज नेपाल प्रदेश नं ५ को आयोजना र मंगोल नेशनल अर्गनाइजेशन -डा. गोपाल गुरुङ जिल्ला सभा रुपन्देहीको ऐकेबद्धतामा
स्वत स्फूर्त रुपमा नागरिक अगुवा, मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक,गोविन्द शाही र रुपन्देहिका अङगिरा पासिको घट्नाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।

रुकुम हत्यामा संलग्नलाई कारवाही गर, पिडितलाई न्याय दे ,जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म र? रुकुम घटना पिडितलाई न्याय दे, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए । बुटवल पुष्पलालपार्कको मुख्य सडक क्षेत्रमा सामाजिक दुरी कायम गर्दै प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए ।

सो अवसरमा संस्थाका अध्यक्ष एस. बि खड्का सुनिलले रुकुममा भएको घटना मानवता विरोधी भएको उल्लेख गर्नुभयो। उहाँले हत्यामा संङ्लग्नहरुलाई जोगाउन राजनैतिक चलखेल सुरु भएको बताउदै राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर घटनाका दोशीलाई कारवाही गर्न माग गर्दै आइन्दा यस्ता घटना हुन नदिनका लागि राज्यले विषेश नीति बनाइनुपर्नेमा जोड दिनुभयो ।

पश्चिम रुकुम घटनाका सन्दर्भमा बोल्दै मंगोल नेशनल अर्गनाइजेशन -डा. गोपाल गुरुङका जगत बहादुर ठाडाले रुपन्देहीको देवदह र रुकुमपश्चिम घट्नाको जति निन्दा गरेपनि कम हुने भन्दै घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गर्नुभयो ।घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानवीन र कारवाहीको माग समेत गर्दै यस घट्नाको बारेमा कविता बाचन गर्नुभयो ।
संस्थाका सल्लाहकार सिताराम रसाइलीले कानुनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको भएपनि नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद भएको बताउनुभयो।

कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष चन्द्रमान मल्ल अवतारको संचालनमा भएको थियो, सो अवसरमा उहाले अहिलेको यो घट्ना जातिय ब्यबस्थाको उपज भएकोले जातिय ब्यबस्था खारेज गर्न सरकार संग माग गर्नुभयो ।
साथै उक्त अवसरमा सामाजिक अभियान्ता नरबहादुर सुनार ,पदम बिश्कर्मा , मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागिता रहेको थियो ।

यसैबिच
पश्चिम रुकुमको चौरजहारी र रुपन्देहीको देवदहमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहिमा ज्ञापनपत्र वुझाएको छ ।
रुपन्देहिको देवदहमा अङगिरा पासि र रुकुममा भएको अमानवीय घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ई- सेवा समाज नेपाल प्रदेश नं ५ अध्यक्ष एस. बि खड्का सुनिल ,मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य जगत बहादुर थापा , संस्थाका बरिष्ठ उपाध्यक्ष चन्द्रमान मल्ल अवतार,संस्थाका सल्लाहाकार इन्द्र रिजाल,सिताराम रसाइली लगायतले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

जेठ १० गते साँझ चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय विवाह गर्ने क्रममा भएको घटनामा ५ जना युवाहरुको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् । घटनामा जाजरकोटका नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विकको मृत्यू भएको थियो । गोविन्द शाही अझैं वेपत्ता छन् ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्