तिलोत्तमा
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल रुपन्देहीले तिलोत्तमा नगरपालिका द्धारा स्थापना गरिएको कोरोना क्वारेन्टाईन पोष्टमा रहेका व्यक्तिहरुको मनोरन्जनका लागि साउण्ड सिस्टम सहयोग प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष दीपक कार्की, कोषाध्यक्ष सञ्जय सौगात, सह–सचिव विधान कार्कीले संस्थाका केन्द्रिय सचिव प्रचण्ड जि।सी।, प्रदेश सदस्य रुकु पाण्डे, धन बहादुर गुरु· लगायतको उपस्थितीमा शनिबार बिहान क्वारेन्टाईन पोष्टका संयोजक तथा वडाध्यक्ष दधिराम गौतमलाई उक्र साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै संयोक गौतमले एकान्तबासमा रहेका दाजुभाई तथा दीदीबहीनीहरुलाई मेडिटेसनको लागि सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल रुपन्देहीका अध्यक्ष दीपक कार्कीले कलाकारहरुको काम जनतालाई दुखमा पनि सुखमा पनि मनोरन्जन प्रदान गर्ने काम भएपनि यो महामारीको समयमा प्रत्यक्ष उपस्थ्ति भएर मनोरन्जन प्रदान गर्न नसकेपनि मनोरन्जनबाट टाढा हुन नपरोस भन्ने उदेश्यले एकान्तबासमा बस्नुहुने दाजुभाई दीदीबहीनीहरुलाई साउण्ड सिस्टम प्रदान गरिएको बताए ।
उक्त साउण्ड सिस्टम आएसंगै एकान्तबासमा बस्नेहरुसंग संचारमा पनि सहयोग पुग्ने भएको छ । अहिले सम्म एकान्तबासमा बस्नेहरुलाई खाना खान, नास्ता खान बोलाउन समस्या भइरहेकोमा अब भने साउण्ड सिस्टमले गर्दा सहज हुने पनि वडाध्यक्ष गौतमले बताए । कार्यक्रममा वडाध्यक्ष तामनाथ पाण्डे, शंकरनगर स्वास्थ्य चौकी प्रमुख केशव भट्टराई लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्