भैरहवा – लकडाउनको अवधिमा नेपाल र भारतमा काम गर्ने मजदुरहरु सबैभन्दा धेरै प्रभावित रहे का छन । भारतमा काम गर्ने नेपालीहरु मात्र हैन नेपालमा काम गर्ने भारतीय मजदुरहरुले पनि उत्तिकै दुःख सहनु परेको छ । भारतले पनि आफ्नो नागरिकलाई आफ्नै देशमा प्रवेश नदिंदा हजारौं भारतीयहरु अहिले सीमामा अलपत्र परेका छन् । नेपाल–भारतको सीमा दशगजामै अहिले नेपालीहरु दुःख नपाए पनि भारतीयहरुको लागि भने यसबेलाको अवस्था कष्टकर बनेको छ । यहि कष्टकर अवस्थाको बीच एक भारतीय महिलाले दशगजामै शिशु जन्माएकी छिन् ।
दशगजामै प्रसव पीडा भएपछि भारत बहराईच जिल्ला निचलौल मदनपुर की जामताराले अन्य भारतीय महिलाहरुको सहयोगमा शिशुलाई जन्म दिएको उनकी बहिनी माया मुसहर ले बताएकी छिन । सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारले उक्त बालकको नाम नै “बर्डर” राखिदिए का छन ।
भारतको बहराईच जिल्ला को निचलौल मदनपुर मा बस्ने लालाराम आफ्नो श्रीमती सहित नवलपरासीको एल.बि.जी. ईट्टा उद्योगमा काम गर्दथे । भारतको प्रवेश अनुमतिको आशमा दशगजामा पालो कुरेर बसी रहेकी जामतारालाई एक्कासी प्रसव पीडा भएको थियो । प्रसव पिडाले छटपटिएकी जामतारालाई पालो कुरि रहेका अन्य भारतीय महिलाहरुको सहयोगमा प्रसुति गराइएको माया मुसहर ले बताइन । शिशुसहित अहिले प्रसुति भएकी महिलाको स्वस्थ्य अवस्था सामान्य रहेको छ । भने शिशु तथा आमाको नौतनवामा रहेको स्वास्थ्य चौकीमा उपचार भै रहेको भारतीय स्वास्थ्यकर्मीले जनाएका छन् । जामताराको अहिले जन्मिएको बच्चाको अतिरिक्त दुई छोरी र एक छोरा रहेका छन् । जामताराले दशगजा को नेपाल तर्फ आफनो सन्तान लाई जन्म दिइरहदा उन का श्रीमान लालाराम भने दशगजा को भारत तर्फ बसी रहेका थिए । उन का श्रीमान केही समय पहिले नै आफनो घर निचलौल गएको माया मुसहर ले बताएकी छन । जामतारा का श्रीमान आफनो परिवार लिन सिमा नाका सुनौली आएका थिए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्