बुटवल
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्रदेश ५ को पहाडी जिल्ला पाल्पाका थप दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यसअघि आइतबार पाल्पाका तीन जनामा पहिलोपटक कारोना संक्रमण पुष्टि भएको थियो । सोमबारको रिपोर्टसंगै पाल्पामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
आइतबारका तीन जनामध्ये दुईजना रैनादेवी छहरा गाउँपालिकास्थित नमूना मावि क्वारेन्टिनमा रहेका र एकजना माथागढी गाउँपालिकाका हुन् । तीनैजना भारतबाट आएर आआफ्ना पालिकाको क्वारेन्टिनमा बसेका थिए । सोमबार थपिएका नयाँ संक्रमितमध्ये रुपन्देहीका दुईजना, गुल्मीका एक जना र नवलपरासी पश्चिमका एकजना रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्