मङ्गलबार २ सय ८८ जना थपिए,कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो

मङ्गलबार २ सय ८८ जना थपिए,कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो

काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका पाँच र स्याङ्जाका पाँच गरी १० जनामा सङ्क्रमण भेटिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ देखिएकाे छ । बाँकेका १७ जना र बर्दियाका तीन जनामा सङ्क्रमण पाइएको हो ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरु सुर्खेतका २७ जना, दैलेखका नाै जना, सल्यानका १८ जना र अछामका १० जना रहेका छन् । हेटौँडामा गरिएको परीक्षणमा बाराका एक जनामा पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १७ जनामा सङ्क्रमण पाइएको छ । एक जना प्यूठानका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण भेटिएको छ । सङक्रमितमध्ये कञ्चनपुरका आठ जना र कैलालीका १० जना छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक सय १८ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij