मणिग्राम ।
रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल बुधबारबाट सञ्चालनमा आएको छ । सिल भएको १५ दिनपछि अस्पताल सञ्चालनमा आएको हो । उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सहित आजबाट अस्पतालको सेवा सुचारु भएको निर्देशक डाक्टर शेखर पोखरेलले जारी गरेको सार्बजनीक सुचनामा उल्लेख गरिएको छ ।
उपचारको लागि भर्ना भएका गुल्मीको मदानेका शिक्षकको स्वाव परीक्षण गर्ने क्रममा जेठको ५ गते कोरोना पुष्टि भएपछि सोहि दिनदेखि अस्पताल सिल गरिएको थियो । ति कोरोना संक्रमित शिक्षकको सोही अस्पतालमा जेठ ८ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
संक्रमितको उपचारमा सम्लग्न चिकित्सक , स्वास्थ्यकर्मी , अन्य कर्मचारी तथा संक्रमितका कुरुवा समेतको स्वाव परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको र उनीहरु सबैलाई १४ दिन अस्पतालकै क्वारेन्टीनमा राखेर घर पठाइएपछि अस्पताललाई पूर्ण रुपमा डिसइन्फेक्सन गरिएको अस्पतालले बताएको छ ।
अस्पतालले १५ दिनसम्म सेवा प्रबाह गर्न नपाएको भन्दै क्षमायाचना गरेको छ भने विषम परिस्थितिमा पनि धैर्यताका साथ सेवा दिने चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्