भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमित

भारतमा पछिल्लो २४ घण्टायता ९ हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित रिपोर्ट गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण ९ हजार ३ सय ४ जना संक्रमित रेकर्ड गरिएको हो

एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या भारतमा हालसम्मकै उच्च रहेको र आउने दिनहरूमा संक्रमितको संख्यामा थप वृद्धि हुने बताइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बिहानसम्म भारतमा संक्रमितको संख्या दुई लाख १५ हजार नाघिसकेको छ ।

भारतमा कोरोनाबाट २ लाख १६ हजार ९ सय १९ जना संक्रमितहरू रिपोर्ट गरिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण २ सय ६० जनाको ज्यान गएसँगै हालसम्म त्यहाँ ६ हजार ७५ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।

भारतमा अहिलेसम्म लगभग १ लाख ४ हजार १ सय ७ जना सफल उपचारपछि निको भएर घर फर्किएका छन् भने १ लाख ६ हजार ७ सय ३७ विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

यसैबीच, आईसीएमआरले कोभिड १९को परीक्षणको संख्या बढाएको दाबी गरेका छन् ।

आईसीएमआर अधिकारीहरूले बिहीबार बिहान २४ घण्टामा कोभिड १९ परिक्षणका लागि १ लाख ३९ हजार ४ सय ८५ नमूनाहरू लिएको बताएका छन् ।

हालसम्म देशभरमा ४२ लाख ४२ हजार ७ सय १८ नमूनाहरू लिइसकेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij