भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या १० पुग्यो

भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या १० पुग्यो

काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका सिरुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतबाट ५ दिन अघि स्वदेश फर्किएका ती व्यक्ति स्थानीय गाउँकै क्वारेन्टिनमा रहेका थिए । तर स्वाश्वप्रश्वासमा आएको समस्याका कारण उनी तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका थिए ।

उनको २० गते मृत्यु भएको हो । उनको स्वाव परीक्षण गर्दा आज कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij