विश्वमा कोरोना : ६६ लाख ९७ हजार संक्रमित, ३ लाख ९३ हजारको मृत्यू

विश्वमा कोरोना : ६६ लाख ९७ हजार संक्रमित, ३ लाख ९३ हजारको मृत्यू

काठमाडौं-विश्वमा फैलिएको कोरोना भाइरसका कारण हाल सम्म ६६ लाख ९७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

२१३ मुलुक र २ पानीजहाजमा गरि ६६ लाख ९७ हजार ५ सय ३४ जना संक्रमित भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९९० जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै एकैदिन ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजार ११७ पुगेको छ ।

३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६१ जनाको अवस्था गम्भीर छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ७७ हजार ८८ जनाको मृत्यु भएको छ ।

२० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३१ हजार १४३ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या २१ लाख ७५ हजार ६९१ पुगेको छ ।

त्यसमध्ये ८ लाख ६४ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ५८ जनाको मृत्यु भएको छ ।

१२ लाख ६० हजार १ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४६ हजार ७५ जनाको मृत्यु भएको छ ।

१० लाख ३० हजार ९० जना संक्रमित भएकोमा ४ लाख ८४ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ७८३ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार १८३ जना संक्रमित छन् ।

संक्रमितमध्ये ७५ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।

८ हजार ८५० जना संक्रमित भएकोमा ८ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij