बुटवल ।
परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापित गैरलाभकारी संस्था नयाँ युवा नयाँ सोच, नेपालको प्रदेश नम्बर ५ कै पहिलो जिल्ला इकाइको रुपमा रुपन्देही जिल्लामा ५२ सदसिय इकाइ गठन भएको संस्थाका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले जानकारी गराउनुभएको छ। हालसम्म सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा वागमती प्रदेशका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरिसकेको यस संस्थाले स्थापना काल देखि नै युवा, महिला तथा बालबालिका लक्षित विभिन्न शैक्षिक, खेलकुद तथा समसामयिक कार्यक्रम हरु आयोजना गर्दै आइरहेको छ। सन्दिप पौडेल को अध्यक्षतामा गठन भएको उक्त इकाइमा ११ जना को कार्यसमिति र बाँकी साधारण सदस्य रहेक छन् । कोरोना माहाव्याधीले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्थाले आफ्नो सकृयता नियमित राखेको समेत केन्द्रिय उपाध्यक्ष धन रावत बताउनुहुन्छ । यस संस्थाले अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ । नव गठित इकाइलाइ वधाइ तथा शुभकामना ज्ञापन गर्दै संस्थाका कार्यक्रम विभाग प्रमुख विनोद खत्री भन्नुहुन्छ “नयाँ इकाइ गठन सँगै नयाँ साथिहरुको आगमनले संस्थाको सकृयता अझै बढ्ने छ र समाजको निम्ति हामीले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउने छौँ, यो जटिल समयमा अझै हामीजस्ता युवाहरुको सकृयता को आवश्यकता बुझेका छौँ र त्यही अनुरुप पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिँदै नयाँ कार्यक्रम हरु पनि थप्दै अघि बढ्नेछौँ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्