बुटवल :शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार २ वटा खेल हुँदै छ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुने छ । पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
जारी सिजनको तेस्रो चरणम्म ब्रिगेडले एक खेलमा जित हात पार्दा लगातार दुई खेल गुमाएका छ । एक खेलमा जित निकाल्दै ३ अंक जोडेको ब्रिगेड तालिकाको दशौं स्थानमा रहेको छ । यसैगरी समान नतिजा भएको सरस्वती युवा क्लब भने नवौं स्थानमा रहेको छ ।
मंगलबार नै दिउँसो साढे २ बजे एन्फा मैदानमा मनाङ मर्स्याङ्दी र विभागीय क्लब एपीएफ आमने सामने हुनेछन् । मनाङ अहिलेसम्म अपराजित रहेको छ । आजको खेलमा मनाङ विजयी भए तेस्रो स्थानबाट शीर्ष स्थानमा उक्लने छ । जारी सिजनमा एक खेलमा बराबरी र एक खेलमा विजयी भएको एपीएफ ४ अंकसहित आठौं स्थानमा रहेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्