काठमाडौं- नेपालमा लकडाउनको मोडालिटीका विषयमा आइतबार मध्यरात सम्म छलफल भए पनि निर्णय भने हुन सकेन ।
आइतबार प्रधानमन्त्री केपी ओलीसहितकै उपस्थितिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति बैठक बसेको थियो ।
बैठकमा लकडाउन खुकुलो पार्दै लैजाने मस्यौदामा छलफल भए पनि कुनै टुंगो भने लाग्न नसकेको एक सदस्यले बताए ।
बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बैठकमा घनिभूत छलफल भए पनि निर्णयमा भने हुन नसकेको जानकारी दिए ।
लकडाउन लम्बिँदै जाँदा जनजीवन कष्टकर हुँदै गइरहे पनि सरकार यसबारे ठोस निर्णय गर्न अभलै सकेको छैन ।
लकडाउनको मोडालिटी समयमा तयार नपार्दा उल्लंघन समेत हुनथालेको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]