तिलोत्तमामा भएको हत्या घटनाको छानबिन गर्न नेकपा नेता विश्वकर्माको माग

तिलोत्तमामा भएको हत्या घटनाको छानबिन गर्न नेकपा नेता विश्वकर्माको माग

 काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता छविलाल विश्वकर्माले रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामामा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाले ‘यो हत्याको निष्पक्ष छानबिन र अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् र छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्नुभएको छ।

सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताउनुभयो। सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

उनले मृतकका परिवारलाई क्षितपूर्तिको दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् ।

नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij