बुटवल- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमामा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न सरकार मार्फत ध्यानाकर्षण गराउनुभएको छ ।
एक विज्ञप्ती जारी गर्दै खांडले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारवाहीको माग गरिएको छ ।जारी विज्ञप्तीमा देशमा कोरोनाको महामारीबाट देश आक्रान्त भइहेको अबस्थामा यस प्रकारका अपराधिक घट्नाले आम नागरिकमा थप आतंक सृजना भएको बताउदै नेता खाडले घटनाको यथार्थ छानविन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रवन्ध गर्न माग गरिएको छ । साथै विज्ञप्तीमा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरिएको छ ।
सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो ।स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद खाणले बताउनुभएको छ ।
नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्