काठमाडौं ।
नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म ४ हजार ३६४ जनामा देखिएको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७९ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
कुन प्रदेशका कति छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ । जसमा १ हजार ५९२ जना कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण कम देखिने प्रदेश वाग्मती रहेको छ । जसमा १४० जना मात्र कोरोना सक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, प्रदेश १ मा हालसम्म नोभेल कोरोना भाइरसको संक्रमण ३०१ जनामा देखिएको छ । गण्डकी प्रदेशमा हालसम्म १४७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश ५ मा १ हजार ३१५ जना, कणार्ली प्रदेशमा ७०४ जना र सुदूर पश्चिम प्रदेशमा १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना निको हुनेको संख्या हालसम्म ६७४ पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्