तरूण दलले भन्योः सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गरियोस

तरूण दलले भन्योः सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गरियोस

काठमाडौं ।
नेपाल तरूण दलले सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै तरूण दलले स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध सांसद गिरीले अभिव्यक्ति दिएको नेपाल तरुण दलले ठहर गरेको छ ।

सांसद गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएकोले तरुण दलको ध्यान आकर्षण भएको जनाएको छ ।

राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने तरूण दलले माग गरेको छ ।

“राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ । ” विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij