बुटवल,
भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाइ कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बइबाट घर फकर्दै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ बर्षे युवकको बुधबार दिउसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।
मृत्यु पश्चात भारतमै गरीएको पिसीआर टेष्टमा ती युवकलाइ कोरोना संक्रमण भएको पुष्टि भएको भारतीय सुरक्षाकर्मीलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरीक्षक इश्वरी अधिकारीले जानकारी दिए । भारतीय पक्षले मृत्तकका आफन्तलाइ झिएकाएर सोधपुछ गर्ने र परिवारकै सहमती अनुरुप शव व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा भारतीय पक्षसंग समन्वय गरीने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
ती युवकलाइ मुम्बइबाट हिँडदा देखि नै सामान्य स्वास्थ्य समस्या देखिएको उनीसंगै आएकाले बताएको बेलहियाका प्रहरी निरीक्षक अधिकारीले बताए । ती युवक आएको बसमा संगै आएका ४०जना बुधबारै नेपाल भित्रीसकेका छन । दशगजा नजिकै भारतीय भुमीमा मृत्यु भएका ती युवकको शवलाइ भारतकै महाराजगञ्ज अस्पतालमा लगेर स्वाब झिकीएको थियो । एम्बुलेन्समा शवसंगै सो अस्पताल पुगेका मृत्तकका दुइ जना आफन्तलाइ अहिले पाल्पाको क्वारेन्टाइनमा राखीएको बताइएको छ ।
रुपन्देहीको बेलहिया नाकाबाट अहिलेपनि दैनिक ३ सय देखि ५ सय नेपालीहरु घर फर्कीरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अधिकारीले बताए । अहिले भारतबाट आउने भन्दा नेपालबाट फकर्नेको संख्या बढी छ । बेहियाबाट दैनिक ७ सय देखि १ हजार जना भारतीय आफनो देश फर्कीरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्