काठमाडौं
सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीलाई फूलका गुच्छा दिएका छन्। विवेकशील नेपालीका उज्ज्वल थापासहितले सुरक्षामा खटिएका सबै प्रहरीलाई फूलका गुच्छा दिएर विदा भएका हुन्। माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीसहितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्