JanataToday.com

Advertisment

SKIP THIS

गाडी दुर्घटनामा नवलपरासी प्रतापपुरका अध्यक्ष राज कुमार शर्माको मृत्यु

गाडी दुर्घटनामा नवलपरासी प्रतापपुरका अध्यक्ष राज कुमार शर्माको मृत्यु

बुटवल

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको निधन भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट मा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताउनुभएको छ ।
शर्मा संगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादैहुनुहुन्थ्यो । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij