बन्द अवस्थाको कुनैपनि शुल्क नलिन नेविसंघको माग

बन्द अवस्थाको कुनैपनि शुल्क नलिन नेविसंघको माग

काठमाण्डौ- विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई आइतवार ज्ञापनपत्र बुझाँउदै विद्यालय र क्याम्पसहरु नखुलेसम्म बन्द अवधिको शुल्क नलिन नेविसंघले माग गरेको हो ।

सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबाट आगामी शैक्षिक सत्रको पठनपाठन सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशूल्क व्यवस्था गर्न नेविसंघले सरकारसँग माग गरेको छ ।

नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ ।

यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा नीजि विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।

कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताएका छन । नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनका अधारमा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij