- बुटवल -नेपालमा आज थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४ सय २५ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको ५७ सय ६० पुगेको छ ।
यता, काेराेनामुक्त हुनेकाे संख्या ९ सय ७४ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार आज थप ६१ जनाले कोरोना जितेका हुन् ।
५५ जना पुरुष र ६ जना महिला गरी ६१ जनाले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्