दाङ । दाङको घोराही उपमहानगरपालिका १७ गुलरियास्थित कृतिम तालमा आइतबार अपरान्ह डुबेका घोराही १५ का १८ वर्षीय लक्ष्मण डिसीको शव बुधबार विहान फेला परेको छ ।
नजिकै रहेको खेलकूद मैदानमा साथीहरुसँग क्रिकेट खेलेर कृतिम तालमा पौडी खेल्न गएका डिसी आइतबार अपरान्ह डुबेका थिए। लगातार चार दिनको खोजीपछि उनको शव फेला परेको हो।
आइतबार रातीदेखि निरन्तर तालको चारैतिर पम्पसेट राखेर पानी फालिएपछि डाँगीको शव भेटिएको हो। लामो समयसम्म पनि शव भेटाउन नसकेपछि चितवनको कुरिनटारबाट गोताखोर मगाइएको थियो। धमिलो पानी र हिलो भएका कारण गोताखोरले पनि समयमै शव भेटाउन सकेका थिएनन्।
डाँगी घोराहीस्थित गोर्खा माविमा कक्षा १२ मा अध्ययनरत थिए। घोराही उपमहानगरपालिकाले चिस्यान बढाउन, सिचाई गर्न र पर्यटन प्रर्वद्धन गर्न बिभिन्न ६ ठाउँमा कृतिम तालहरु निर्माण गरेको छ। तालहरु खुला हुँदा जोखिम बढेको छ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्