बुटवल –राजनितिक दलहरुले रुकुम घटना जातीय विभेदकैै कारण भएको भन्दै दलित समुदायको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन । जातीय भेदभावकै कारण रुकुम पश्चिम चौरजहारीमा नवराज विक सहित ६ जन यूवाको बर्बरतापूर्ण रुपमा हत्या भएको अवस्थामा पनि मुख्य राजनितिक पार्टीहरु मौन बसेको बेला रुपन्देहीमा भने राजनितिक पार्टीहरुले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन । भेदभावका कारण दलित समुदायको हत्या हुँदा पनि गैरदलित र राजनितिक पार्टीहरु भने अझै खुलेर बोलेका छैनन् । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको जातीय विभेदका कारण कहिलेसम्म मारिने ?बिषयक बहसमा सहभागिता जनाउँदै राजनितिक पार्टीका नेताहरुले जातीय भेदभाव मूलूकै समस्या भएको बताए । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश ५ का सांसद दधिराम न्यौपानेले रुकुम घटना जातीय अंहकारबाट भएको भन्दै अपराधमा संलग्नलाई कारवाही हुने बताए । उनले जातीय भेदभावको बिषय सबैको साझा समस्या भएको बताउँदै पार्टीकाले यस्ता गलत संस्कारको संरक्षण नगर्ने बताए । रुकुममा बर्बरतापूर्ण रुपमा हत्या भएको तथा यस घटनाका सम्बन्धमा छानविन समिति समेत गठन भएकाले दोषी उम्कन नपाउने उनको भनाई छ । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले रुकुम चौरजहारीमा र्बरता र पासविक रुपमा जातीय भेदभावका कारण नवराज सहितका ६ जना यूवाको हत्या गरिएको बताए। उनले जनयुद्धको उदगम थलोमा मल्ल थरकी युवतीसँग दलित यूवाले प्रेम गरेकै कारण नियोजित रुपमा नरसंहार गरिएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले रुकुममा जातीय भेदभावकै कारण हत्या भएकाले यो विश्वमै नेपालीहरुलाई लज्जित बनाएको बताए । उनले जातीय भेदभाव सिंगो समाजको समस्या भएकाले राजनितिक दलहरुले यस बिषयलाई सामान्य रुपमा लिन नहुने बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राम अवतार यादव, राष्ट्रिय जनमुक्ति पार्टीका नेता गिता सारु, नेपाली काँग्रेस बुटवल नगरसभापति खेलराज पाण्डे, नेकपा बुटवल नगरसभापति बाबुराम पन्थीले राजनितिक दलका तर्फबाट विभेद अन्त्यका लागि प्रतिबद्धता जनाएका थिए । यसैगरि कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापाती गोविन्द खनाल, मुक्ति संठनका केन्द्रीय सदस्य जोगलाल विश्वकर्मा, सहयात्री सार्की समाजका इन्द्र बमरेल, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमवि विश्वकर्मा, संघर्ष समितिका अध्यक्ष हरिओम विश्वकर्मा सचिव पदक विकले बोल्दै जातीय भेदभावका कारण हत्या हुने यूगको अन्त्य गर्न माग गरेका थिए । कार्यक्रममा अधिवक्ता बाबुराम विश्वकर्माले समिक्षा गर्दै अब दलितको मुद्धामा पार्टीहरुले कार्यक्रम गर्न सुझाव दिए । रुपन्देहीमा निरन्तर रुपमा संघर्षका कार्यक्रम भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, असार १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्