सियारी,
रूपन्देहीको सियारी गाउँपालिकाले विपद् व्यवस्थपन रहात कोषमा संकलित सहयोग रकम तथा खर्च विवरण सार्वजनिक गरेको छ ।कारोना भाइरस विश्वभर महामारीको रूपमा फैलिरहेको र नेपालमा पनि देखा परे संगै सरकारले संक्रमण रोकथामका लागि देशभर लकडाउन गरेको थियो । सो समय अति विपन्न परिवारलाई राहत वितरण, कोरेन्टाईन निर्माण तथा व्यवस्थापन, कोरेन्टाइनमा बसेकाहरुको खाना र स्वास्थ्य परिक्षण, अलपत्र परेकाहरुको उद्दार, लगाएतका कार्यमा सहयोगका लागि गाउँपालिकाको राहत कोषमा विभिन्न सहयोग रकम प्राप्त भएको थियो ।जस अन्तर्गत गाउँपालिकाले ४५ लाख ८२ हजार नौं सय रुपैयाँ विपद् व्यवास्थापनका लागि राहत कोषमा रकम छुट्टाएको थियो । त्यस्तै प्रदेश सरकारले रु १० लाख रुपैयाँ सहयोग गरेको थियो । गाउँपालिकाका कर्मचारीहरुले रु।छ लाख ११ हजार छ सय १३ रुपैयाँ ३७ पैसा सहयोग गरेका थिए । विभिन्न राजनितिक दल, सियारी गाउँपालिकाका कर्मचारी, संघ संस्था, सहकारी, उद्योगी,
व्यवासयी, क्लब, आमा समुह तथा ब्यक्तिहरु लगाएतबाट विपद् व्यवास्थापन राहत कोषमा जेठ ३२ गते सम्म ७६ लाख ५९ हजार ९ सय २४ रुपैयाँ ६७ पैसा सहयोग रकम प्राप्त भएको र एक लाख ५७ हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।यस्तै विपाद् व्यवास्थापनका लागि चैत्र, बैशाख, जेष्ठ गरि तीन महिनामा स्वास्थ्य सामाग्री खरिद २१ लाख १८ हजार चार सय ३७ रुपैयाँ ४३ पैसा, राहत वितरणमा २० लाख ६१ हजार दुई सय ९५ रुपैयाँ, कोरेन्टाईन संचालन तथा व्यवास्थापनमा ११ लाख २५ हजार एक सय ६१ रुपैयाँ ३० पैसा, रोग नियान्त्रणका लागि औषधी छर्ने तथा यातायातमा ३ लाख २३ हजार आठ सय चालिस रुपैयाँ सुरक्षा व्यवास्थापनमा एक लाख २० हजार दुई सय पैंतिस रुपैयाँ खर्चा भएको गाउँपालिकाले जनाएको छ ।त्यस्तै विपद् व्यवास्थपनका लागि गाउँपालिकाले ५ ओटा क्वारेन्टाईन निर्माण गरिएको थियो । जसमा ११ लाख २५ हजार एक सय ६१ रुपैयाँ ३० पैसा खर्चा भएको गाउँपालिकाले बताएको छ ।
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्