लकडाउन अबधीको सरकारी करहरु छुट गर्न पर्यटन व्यवसायीको माग

लकडाउन अबधीको सरकारी करहरु छुट गर्न पर्यटन व्यवसायीको माग

बुटवल –कोभिड १९ को माहामारीले सबै भन्दा बढी पर्यटन क्षेत्रलाई समस्यामा पारेकोले पर्यटन व्यवसायलाई लकडाउन अबधीका लागि सरकारले दिनमिल्ने शुल्कहरुमा छुट गरि दिन व्यवसायीहरुले माग गरेका छन ।
उनिहरुले पर्यटन व्यवसायीले सरकारलाई तिर्ने वार्षिक व्यवसाय कर, विद्युत महशुल शुल्क, घर वहाल कर , आय कर लगायतका विषयमा छुट गरि दिन सरकारसंग माग गरेका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार विस २०७७ सालको भित्तेपात्रो विमोचन समारोहमा वोल्ने व्यवसायीहरुले तीनै तहका सरकार पर्यटन व्यवसायीले भोग्नु परेको समस्याका सवालमा गम्भिर हुन नसकेको गुनासो गरेका छन ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले कोभिड १९ले व्यवसायीलाई पारेको विकराल समस्याका सवालमा सरकार गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।
उहांले लकडाउनले कुनकुन क्षेत्र र व्यवसायमा के कती समस्या पारेको छ भन्नेवारेमा सरकारले विशेषज्ञ टोली गठन गरि छानविन गरि सोही अनुसार राहात प्रदान गर्न जरुरी रहेको औल्याउनु भयो । संघका अध्यक्ष समुन्द्र जिसीले लकडाउनको समयमा घर भाडा माग्ने , भाडा नदिएको नाममा घर खाली गराउन खोज्नहरुको तथ्याकं संकलन गरिरहेको बताउदै सहज वातावरण तयार नहुदासम्म त्यसप्रकारका हर्कत नगर्न घर धनीहरुलाई आग्रह गर्नु भयो ।
गुरास डिष्टिलरी प्रालीका संचालक उज्जवल श्रेष्ठ, मार्केटिङ म्यानेजर गोपाल राजभण्डारी, महासंघका सल्लाहकार देवि कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ महासचिव माधव कुमार खनाल लगायतले व्यवसायीले भोग्नु परेको समस्यामा सरोकारवाला निकाय गम्भिर हुन माग गर्नु भएको थियो । संघको भित्तेपात्रो प्रकाशन गर्न गुरास डिष्टिलरी प्रालीले आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : बुधबार, असार ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij