बुटवल-विश्वव्यापी कोरोना महामारीका कारण नेपालीहरुको जनजीवनलाई समेत अस्तव्यस्त बनाएको छ ।
लामो लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । कोरोना कहरका कारण धेरैको नियमित आम्दानीको बाटो बन्द भएको छ । कोरोना कहरले समस्या सिर्जना गरिरहेका बेला सक्नेले नसक्नेलाई सहयोग गर्नु आजको आवश्यकता हो ।
तर, धन भएकाहरुले पनि कोरोनाको कहरमा परेकाहरुको समस्यामा कान थापेर बसिरहेका बेला समाजसेवी तथा बालाजी सुनचादि पसल बुटवलका संचालक इन्द्र रिसालले आफ्नो घरमा ब्यबसाय गर्दै आएका ब्यबसायिहरुलाई साढे दुई महिनाको रु.३ लाख बराबरको घरभाडा मिनाहा गर्नु भएको छ।
बुटवल उपमहानगरपालिका– ५ अमरपथस्थित आफ्नो घरमा बस्दै आएका चार परिवारलाई लकडाउनका कारण नियमित आम्दानी रोकिएर समस्यामा परेकाहरुको अप्ठ्यारोलाई मध्यनजर गर्दै रिसाललेआफ्नो घरमा ब्यबसाय गर्दै आएका ब्यबसायिहरुलाई साढे दुई महिनाको रु.३ लाख बराबरको घरभाडा मिनाहा गर्नु भएको हो ।
बिभिन्न सामाजिक काममा अग्रसर रिजालले आफ्नो घरमा बस्दै आएका व्यवसायीहरुलाइ लकडाउनले नियमित आम्दानी रोकिएको र थोरैतिनो जोहो गरिएको रकम अन्य घरायसी काममा लगाउन पाउन भनेर भाडालगायतमा छुट दिएको रिसालले बताउनुभयो।
विश्वलाई समस्यामा पारेको कोरोना भाइरसको कहरमा आफूले सकेको सहयोग गर्नु कर्तव्य र दायित्व समेत भएको बताउने रिसालले समस्यामा परेकालाई सकेको सहयोग गर्न सके उनीहरुको जीवनयापनमा केहि सहजता मिल्ने बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, असार ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्