काठमाडौं- विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ५५ हजार नाघेको छ ।
हाल सम्म संक्रमितको संख्या भने ८५ लाख ७० हजार ३ सय ८४ पुगेको छ ।
वल्डोमिटर्सको शुक्रबार बिहान सम्मको तथ्यांक अनुसार हाल सम्म ४ लाख ५५ हजार ५७८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
शुक्रबार विहान सम्ममा ४५ लाख ९ हजार २६२ जना निको भएर घर फर्किएका छन् ।
देशहरुको तथ्याङ्क अनुसार ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१ ज्नामा संक्रमण देखिएको छ ।
यस्तै बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान मात्रै गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालका ७४ जिल्लामा संक्रमण देखिइसकेको छ ।
नेपालमा १ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, २२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्