निजी विद्यालयलको शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

निजी विद्यालयलको शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् । तीन महिनादेखि शिक्षक कर्मचारीलाई तलब दिन नसकिएको, भाडा बुझाउन समस्या भएको, बैंकको ब्याज तिर्न समस्या भएको, सरकारले कर छुट नदिएकोलगायतका कारण समस्यामा परेकोले शुल्क बुझाउन आग्रह गरिएको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले जानकारी दिनुभयो ।

चैतयता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । अहिले शुल्क नदिए निजी विद्यालय बन्द हुने अवस्थमा पुग्ने प्याब्सन र एनप्याब्सनको भनाइ छ ।

उनीहरुले लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभीलगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् । आम्दानीको एकमात्र बाटो शुल्क नै रहेको र शुल्क उठाउन नपाउँदा निजी विद्यालय सङ्कटमा रहेको प्याब्सन, एनप्याब्सनले जनाएका छन् ।

सामाजिक दुरी कायम गर्दै विद्यालयमा उपस्थित भएर छोराछोरीको नयाँरपुरानो अभिलेखीकरण गराउन, २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म भुक्तानी गर्न, २०७७ सालको शुल्क बुझाउन र विद्यालयलाई अधिकतम सहयोग गर्न विज्ञप्तिमा भनिएको छ ।

‘हामीले अहिले नै सबै शुल्क बुझाउनुहोस् भनेका छैनौँ, विद्यालय र अभिभावकको सहमतिमा केही छुट पनि हुन सक्छ तर शुल्क नउठाएसम्म हामी अत्यन्तै सङ्कटमा पर्ने भएकाले यस्तो सूचना निकाल्न बाध्य भएका हौँ’, प्याब्सनका अध्यक्ष टिकाराम पुरीले भन्नुभयो ।

प्रकाशित मिति : आइतबार, असार ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij