पाल्पामा पहिरोले गाडी बगायो , दुई जनाको शव फेला पर्यो

पाल्पामा पहिरोले गाडी बगायो , दुई जनाको शव फेला पर्यो

बुटवल पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु भएको छ । एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर रिडी(तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको पाल्पा प्रहरीले बताएको छ । ती गाडीमा कति मानिसहरु थिए भन्ने यकिन जानकारी आएको छैन ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेर उद्धारमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ

प्रकाशित मिति : सोमबार, असार ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij