पाल्पा – पाल्पाको तानसेन रिडी खण्डको सम्मोबारी नजिकै पहिरोले ४ वटा सवारी साधन बगाएको छ भने २ जनाको मृत्यु भएको छ ।
पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी(तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार पहिरोसंगै बगेको छ । लु १ क १९२८ नम्बरको ट्याङ्कर, लु २ ख १३७६ नम्बरको मिनी ट्रक, लु १ च ७०११ नम्बरको कार तथा लु १ च ७०४३ नम्बरको कुखुरा बोक्ने भ्यानलाई पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
पहिरोबाट २ जनाको शव प्रहरीले निकालेको छ भने एक जना गम्भीर घाइते भएकाको अवस्थामा उद्धार गरेर अस्पताल पठाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर बहादुर बिकले जानकारी दिनुभयो ।
सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने थाहा हुन सकेको छैन । बिहान गएको पहिरो पन्छाउन गाडीहरुलाई साईड लगाएर राखेको अवस्थामा रोकिएकै स्थानमा पहिरो खसेर ४ वटा सवारी साधन बगाएको एसपी बिकले बताए । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । प्रहरीका अनुसार पहिरो डेढ सय मिटर लामो छ ।
प्रकाशित मिति : सोमबार, असार ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्