रुखको घाँस झार्दा करेन्ट लागेर अर्घाखाँचीका एक युवकको कपिलवस्तुमा मृत्यु

रुखको घाँस झार्दा करेन्ट लागेर अर्घाखाँचीका एक युवकको कपिलवस्तुमा मृत्यु

कपिलवस्तु -करेन्ट लागेर कपिलवस्तुको बुद्धभूमिमा एक युवकको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर २० मिनेट जाँदा रुखमा घाँस काट्ने क्रममा एक्कासी करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका बर्ष २७ का नवराज भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक भुषालले रुखको घाँस झार्दा डालो पूर्व-पश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा खसेको र त्यसपछि रुखमा करेन्ट आइ त्यही मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्सपेक्टर कृष्ण रानाले बताउनु भयो ।

मृतक भुषालको स्थायी घर अर्घाखाँचीको भूमिकास्थान-२ मा रहेकोमा ३ बर्षदेखि चौवन्नपुर बसोबास गर्दै आएको पनि रानाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

रुखमा अड्किएको शवलाई भर्याङको सहायताले निकालेर पोष्ट मार्टमको लागि तौलिहवा पठाइएको पनि उहाँले जानकारी दिनुभयो । घटनाको बारेमा थप बुझ्ने काम भइरहेको पनि रानाले बताउनु भयो ।

प्रकाशित मिति : मंगलबार, असार ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij