घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा क्वरेण्टीनमा बसेपछि घर पठाइएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

घर फर्केकाहरुलाई १४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिहरुमा सङ्क्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ ।

तर घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ दिनसम्म लक्षण नदेखिएपछि घर पठाएको तर रिपोर्ट पोजेटिभ आएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो । डाक्टरको सल्लाह अनुसार नै उनीहरुलाई घर पठाएको पनि उहाँको दावी छ ।

लक्षण नदेखिएकालाई क्वरेण्टीनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको डाक्टरले बताएका छन् । सेती अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले क्वरेण्टीनमा बसेकाहरुको कोरोना परीक्षण दायरा बढाएर रिपोर्ट आएपछि मात्रै घर पठाउनुपर्ने बताउनुभएको छ ।

लक्षण नदेखिनुलाई आधार मानेर घर पठाउँदा सङ्क्रमण थप फैलनेतर्फ ध्यान दिन उहाँको सुझाव छ ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij