JanataToday.com

Advertisment

SKIP THIS

घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा क्वरेण्टीनमा बसेपछि घर पठाइएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

घर फर्केकाहरुलाई १४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिहरुमा सङ्क्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ ।

तर घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ दिनसम्म लक्षण नदेखिएपछि घर पठाएको तर रिपोर्ट पोजेटिभ आएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो । डाक्टरको सल्लाह अनुसार नै उनीहरुलाई घर पठाएको पनि उहाँको दावी छ ।

लक्षण नदेखिएकालाई क्वरेण्टीनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको डाक्टरले बताएका छन् । सेती अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले क्वरेण्टीनमा बसेकाहरुको कोरोना परीक्षण दायरा बढाएर रिपोर्ट आएपछि मात्रै घर पठाउनुपर्ने बताउनुभएको छ ।

लक्षण नदेखिनुलाई आधार मानेर घर पठाउँदा सङ्क्रमण थप फैलनेतर्फ ध्यान दिन उहाँको सुझाव छ ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij