काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार नाघेकाे छ ।
पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएकाे २४ घण्टामा पीसीआर विधिबाट ६ हजार पाँच सय ४३ गरी आजसम्म एक लाख ९९ हजार सात सय ३७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लाे २४ घण्टामा चार हजार एक सय ६७ गरी आजसम्म दुई लाख ८७ हजार आठ सय ६३ जनाको परीक्षण भएको छ ।
अहिले देशभरिका क्वरेण्टीनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै आठ हजार चार सय २२ जना आइसोलेशनमा रहेका छन् । बिहीबार महिला १९ र पुरुष दुई सय ९३ गरी तीन सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म दुई हजार ६ सय ५० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : बिहिबार, असार ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्