पुनर्निर्माणका लागि भारतले दिने ७५ अर्ब रुपैयाँ रेलमा खर्च गर्ने तयारी

पुनर्निर्माणका लागि भारतले दिने ७५ अर्ब रुपैयाँ रेलमा खर्च गर्ने तयारी

काठमाडौं : भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दिने सहुलियपूर्ण ऋण पुनर्निर्माणमा नभई अरु परियोजनामा खर्च हुने भएको छ ।

भारतले नेपालको पुनर्निर्माणका लागि दिने भनेको एक खर्ब रुपैयाँमध्ये २५ अर्ब रुपैयाँ अनुदानमा उपलब्ध भैसकेको छ । तर सहुलियत ब्याजदरमा दिने भनेको ७५ अर्ब रुपैयाँ भारतले राखेका शर्तअनुसार खर्च गर्नुपर्ने भएपछि पुनर्निर्माणमा खर्च नहुने भएको हो ।

तर भारतीय निर्यात आयात बैंक (एक्जिम बैंक) बाट सहुलियतमा उपलब्ध हुने ७५ अर्ब रुपैयाँ पुननिर्माणमा खर्च नभए पनि त्यसलाई अरु ठूला परियोजनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । २ प्रतिशत ब्याजदरको हाराहारीमा प्राप्त हुने त्यो रकम पूर्व–पश्चिम रेल परियोजनामा खर्च गर्नेगरी तयारी भैरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

७५ अर्ब रुपैयाँ सानातिना घर टहरा निर्माणमा खर्च गर्दा यता न उता हुने जस्तो देखिएकाले पनि यसलाई ठूला परियोजनामा खर्च गर्ने तयारी भएको मन्त्रालयको दावी छ ।

सुरुमा एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भने पनि अहिले ब्याजदर पौने २ देखि २ प्रतिशतको हाराहारीमा पुग्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij