बुटवल
लगातार परेको बर्षाका कारण बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्र नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार बिहान सवा ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ माथिल्लो सिद्धबाबा पानी टैंकी नजिकै पहिरो खसेको हो । अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ । लगातार परेको बर्षका कारण डोजर आइसकेपनि पहिरो हटाउने काम भै नसकेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोम बहादुर सारु बताउनुभयो ।
सिद्धबाबा क्षेत्रमा वर्षाको समयमा जहिले पनि पहिरो खस्ने गर्छ । सिद्धार्थ राजमार्गको सबैभन्दा असुरक्षित क्षेत्र रहेको यस स्थानमा वर्षेनी सडक माथिबाट खसेको पहिरोमा पुरिएर कैयौंको ज्यान गैसकेको छ । यस क्षेत्रमा हिउँदमा समेत ढुंगा झर्ने गर्छ । सरकारले सिद्धबाबा क्षेत्रको पहिरोलाई हटाउन वैकल्पिक मार्गको रुपमा सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८को बजेटमा सुरुङ निर्माणका लागि बजेट छुट्याइएको छ ।
प्रकाशित मिति : आइतबार, असार १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्