एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन सूकी र हुनसेन काठमाडौंमा

एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन सूकी र हुनसेन काठमाडौंमा

काठमाडौं : काठमाडौंमा भोली शुक्रबारदेखि शुरु हुन लागेको ‘एसिया प्यासिफिक सम्मेलन’का लागि सहभागि हुन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी काठमाडौं आइपुगेकी छिन् । सूकी करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल आइपुगेकी हुन् । त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं आइपुगेका छन् । उनी करिब पौने १२ बजे त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

सूकी र हुन सेनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थल पुगेर स्वागत गरेका थिए । सम्मेलनका लागि काठमाडौं आउने विभिन्न देशका सरकार प्रमुखसँग पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सम्मेलनमा ७ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्वराष्ट्र र सरकार प्रमुखको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । शुक्रबारदेखि १७ गतेसम्म हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यताको विषयमा केन्द्रित हुने बताईएको छ ।

सम्मेलन युनिभर्सल पिस फेडरेसन र अन्य राष्ट्रहरुको आर्थिक सहयोगमा हुन लागेको हो ।सम्मेलनको मुख्य एजेन्डा गरिबी, आतंकवाद, खाद्य सुरक्षा, जलवायु परिवर्तन रहनेछ ।चारदिने सम्मेलनको उदघाटन शनिबार हायात होटलमा हुनेछ । पाहुनाहरुलाई काठमाडौंका हायात होटल, द्वारिका, सोल्टी र याक एन्ड यति होटलमा राख्ने प्रबन्ध मिलाइएको छ । सम्मेलन सोमबार काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न हुनेछ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij