काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
एक सय १२ जना महिला र तीन सय ६४ गरी चार सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आजसम्म एक हजार पाँच सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष गरी १३ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सोमबार एक सय २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ । आजसम्म दुई सय ६६ महिला र दुई हजार आठ सय ६६ पुरुष गरी तीन हजार एक सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, असार १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्