सुदूरपश्चिम प्रदेशमा १ सय ७५ बालबालिकामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा १ सय ७५ बालबालिकामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको देखिएको हो।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना संक्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए।

ुसंक्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्ु, उनले भने।

कोरोना संक्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन्।

मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। तीमध्ये ५७३ महिला संक्रमित छन्।

ुमहिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी संक्रमित छन्ु, उनले भने, “समुदायमा महिला संक्रमित सङ्ख्या न्यून छ।ु

कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ संक्रमित निको भइसकेका छन्। यहाँ सबैभन्दा बढी कैलालीका ५ सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए।

ुडोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छु, अवस्थीले भने, ुसात(दश दिनमा सबै सामान आइसक्छ।ु

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता संक्रमणको दर तीव्र भएपछि संक्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ।

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ वटा शैयाको क्वारेन्टिन रहेको छ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ बसिरहेका छन्। बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ।

तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन्। सरकारले नै संक्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन्।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा संक्रमण देखिएको छ।

निर्देशक डा अवस्थीले संक्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए।

ुपहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिएु, उनले भने, ुसंक्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो।ु

उहाँले १४ दिन क्वारेन्टिन बसेकालाई होम क्वारेन्टिन पठाएर आइसोलेसन बढाउन लागेको बताए।

यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ संक्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन्।

ुहोम क्वारेन्टिन र क्वारेन्टिनमा संक्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उहाँहरु समन्वयमै हुनुहुन्छ”, अवस्थीले भने, ुलक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ।

प्रकाशित मिति : बुधबार, असार १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij