चितवनमा २५ जना कोरोना संक्रमित थपिए

चितवनमा २५ जना कोरोना संक्रमित थपिए

चितवन; चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा मात्रै १० जना संक्रमित फेला परेका छन् । उनीहरु वडा नं। ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका हुन् । वडा नं। ७ का ६१ वर्षीय पुरुष संक्रमित नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका चितवनको माडी नगरपालिका वडा नं। ५ का २५ वर्षीय पुरुष र वडा नं। ३ का ७३ वर्षीय पुरुष भरतपुर अस्पतालमा उपचाररत छन् ।

चितवनकै राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यसैगरी पूर्वी नवलपरासी ९नवलपुर०को गैंडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी सेन्ट्रल अस्पतालमा उपचाररत गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं। ३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असार १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij