रोटरी क्लब अफ बुटवलको २८ औ पदस्थापन

रोटरी क्लब अफ बुटवलको २८ औ पदस्थापन

बुटवल- रोटरी क्लब अफ बुटवलको २८ औ पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । वर्ष २०१९÷०२० का अध्यक्ष दिल्लीकुमार श्रेष्ठले वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर राजिव पोखरेलको भर्चुअल्ली प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिष्ट्रिक एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष श्रेष्ठले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सचिवमा भने वर्ष २०२०÷२१ का लागि पनि रोमनाथ शर्मा नै दोहोरिएका छन् । त्यसैगरी वर्ष २०१९÷२० का कोषाध्यक्ष यदुनाथ पाण्डेले वर्ष २०२०÷२१ का कोषाध्यक्ष खिमनारायण पराजुलीलाई अडिट रिपोर्ट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा भर्चुअल संबोधन गर्दै डिष्टिक गभर्नर पोखरेलले समुदायमा रोटरीको उपस्थिती र भूमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लव अफ बुटवलको वर्तमान नेतृत्वलाई विगतका योजनाहरुलाई निरन्तरता दिंदै अघि बढ्न आग्रह गरे । मुलुक कोभिड १९ को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सबै क्षेत्रमा यसको असर परेको उल्लेख गर्दै उनले तर यसैलाई आधार बनाएर सामाजिक दायित्वबाट नपन्छिन उनले रोटरीयनहरुलाई आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड १९ सँग डराएर होइन, सतर्क भएर आफ्नो कार्यभारलाई अघि बढाउन आग्रह गर्दै मानिसको जीवनशैली बदल्ने कुरामा पनि भूमिका खेल्न सुझाव दिए । .बुटवल उपमहानगरपालिका योजनावद्ध विकासको थालनीमा रहेको र विकासका लागि रोटरीसँग पनि सहकार्य गर्दै अघि बढ्न तयार रहेको उनले बताए ।
रोटरी क्लव अफ बुटवलका वर्ष २०२०÷२१ का एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको उल्लेख गर्दै अवको नेतृत्वले संस्थाको छविलाई अझ उचो बनाउने विश्वास व्यक्त गरे ।
रोटरी क्लव अफ बुटवल वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठले स्थानीयको आवश्यकता पहिचान गरी अगाडि बढ्न आफू र आफ्नो टिम प्रयत्नशील रहने भन्दै शिक्षा, स्वास्थ्य रोजगार जस्ता क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताए ।
पुर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट डा. ताराप्रसाद शर्मा, प्रेसिडेन्ट नोमिनी बोनिन पिया, वर्ष २०२०÷२१ का सचिव रोमनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो । प्रकाशित डाइरेक्टरीले क्लवको बारेमा जानकारी लिन उपयोगी हुने सम्पादक माधव पौडेलले बताए ।

प्रकाशित मिति : बुधबार, असार १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij