शोक प्रस्ताव पारितपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक २२ असारमा

शोक प्रस्ताव पारितपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक २२ असारमा

काठमाडौं –नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो। २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो। मुटुसम्बन्धी पीडित उनको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो। बाग्लुङको तमानखोला ५ मा जन्मिनुभएका छन्त्याल ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा बस्दै आएकी थिइन्। प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए। यस्तै, राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। बुधबार १ बजेटका लागि बोलाइएको बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो। सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए।

प्रकाशित मिति : बुधबार, असार १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij