कांग्रेस नेता खाणको नजरमा यी हुन् ओली सरकारका आठ काम

कांग्रेस नेता खाणको नजरमा यी हुन् ओली सरकारका आठ काम

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले वर्तमान सरकारका आठ काम भन्दै कटाक्ष गरेका छन् ।

सत्तारुढ दल नेकपाभित्रको विवादले पार्टी विभाजनसम्मको आशंका भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता खाणले ओली सरकारले एकपछि अर्का जनविरोधी काम गरेको आरोप लगाएका हुन् ।

उनले ओली सरकारले संविधान उल्लंघनदेखि विपक्षीको सफायामा शक्ति खर्च गरेको दावी गरेका छन् ।

नेता खाणका अनुसार सरकारको पहिलो काम संविधान माथि प्रहार, दोस्रो काम प्रतिपक्षप्रति असहिष्णु, तेस्रो काम बिरोधी सफायामा शक्ति खर्च, चौथो काम सहमति उल्टाउन महारथी, पाँचौ काम जनताको जीवन रक्षामा उदासीन हुनु हो ।

त्यस्तै ओली सरकारको छैठौं काम नसुन्ने, नगर्ने बोली मात्रै रहने, सातौं काम अकेला चलो र आठौ काम ब्रेक फेलटायर पंचर भएको नेता खाणले टिप्पणि गरेका छन् ।

सरकारले प्रमुख प्रतिपक्षी दल र संसदसँग कुनै परामर्श नै नगरी चालू अधिवेशन अन्त्य गरेकोमा कांग्रेसले आपत्ति जनाएको हो ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij