रुपन्देहीकोकञ्चन नदिमा १७ बर्षिय युवा डुबरे बेपत्ता

रुपन्देहीकोकञ्चन नदिमा १७ बर्षिय युवा डुबरे बेपत्ता

कञ्चन –रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं.४ स्थित कञ्चन नदिमा १७ बर्षिय युवा डुबरे बेपत्ता भएका छन। कञ्चन नदिको ढावा किनारमा पौडी खेल्ने क्रममा कञ्चन ४ प्रगतिचोक बस्ने टेक बहादुर थापाको १७ बर्षिय छोरा अर्जुन थापालाई नदीले बगाएर बेपत्ता भएको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। एञ्जल थापा,यमु थापा,समीर थापा,उमेश पुन,सन्तोष बराल,विशाल घर्ति र निल अजय आले अर्जुन थापा लगायत स्थानिय युवाहरु दिउस करिब १२ बजेको समयमा पौडी खेल्न गएको र पौडी खेल्नेक्रममा अर्जुन थापालाई करिव १:३० बजेको समयमा नदीमा आएको बाढीले एक्कासी बगाएर बेपत्ता भएको र निजको खोजी कार्य भैरहेको स्थानिय तथा पुर्व वडा अध्यक्ष गिर बहादुर थापाले जानकारी दिएका छन। नदीमा बाढीको बहाव ठुलो भएको र बेपत्ता भएका थापाको खोजी कार्य गर्न गाह्रो भैरहेको इलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ।नदीले बगाएका थापालाई खोज्न स्थानियहरु सुर्यपुराको दानव नदीको किनार सम्म पुगेका छन।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij