पछिल्लाे २४ घण्टामा २३२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १५ हजार ४९१ पुग्यो

पछिल्लाे २४ घण्टामा २३२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १५ हजार ४९१ पुग्यो

काठमाण्डौ
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार चार सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय ३२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार चार सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश एकमा ६ सय ८६ जना, प्रदेश दुईमा चार हजार ८३ जना, वाग्मती प्रदेशमा पाँच सय २५ जना, गण्डकी प्रदेशमा ११ सय ३३ जना, प्रदेश पाँचमा तीन हजार नौ सय ४२ जना, कर्णालीमा एक हजार पाँच सय ४० जना र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ८२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा एक सय १४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा सात, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा सात, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा चार र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १५, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा आठ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा पाँच, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा सात र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता गौतमले बताउनुभयो ।

पीसीआर विधिबाट शनिबार चार हजार ५० जनाको कोरोना परीक्षण भएको छ । सार्कराष्ट्रमध्ये कोरोना परीक्षण दर प्रति १० लाखमा भारत, श्रीलङ्का पाकिस्तानभन्दा नेपाल अगाडि रहेको उहाँले बताउनुभयो ।

अहिले देशभरिका विभिन्न क्वरेण्टीनमा ३३ हजार एक सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेशनमा नौ हजार ४२ जनाको उपचार भइरहेको छ । शनिबार दुई सय ७१ जनासँगै आजसम्म ६ हजार चार सय १५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij