JanataToday.com

Advertisment

SKIP THIS

महासंघले भन्यो– ‘ यातायात सञ्चालन गर्ने निर्णय भएको छैन् ’

महासंघले भन्यो– ‘ यातायात सञ्चालन गर्ने निर्णय भएको छैन् ’

काठमाडौं- आइतबारबाट सार्वजनिक यातायात सञ्चालन हुने बताइएपनि यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले बताएको छ ।

महासंघका जिम्मेवार व्यक्तीले आजबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुने बताएपछि सामाचार प्रकाशित भएको थियो । तर महासघंले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको हो ।

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासघंका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ ।

महासघंले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ ।

महासघं र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् .

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij