JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही उद्योग संघ ४१ औं वर्ष प्रवेश गर्दै , स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने

रुपन्देही उद्योग संघ ४१ औं वर्ष प्रवेश गर्दै , स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने

बुटवल : उद्योग र उद्योगीको हकहित संरक्षण, सम्वद्र्धन र औद्योगिक विकासको लक्ष्य सहित वि.सं. २०३५ साल मङ्सीर १५ गते स्थापना भएको उपलक्ष्यमा उद्योग संघ यही मङ्सीर १५ गते ४१ औं वर्ष प्रवेश गर्दैछ ।

संघले स्थापनाको अवसर पारेर स्थापना एवं औद्योगिक दिवस २०७५ मनाउँदै छ । संघले यसै अवसरमा आज संघ संचिवालयमामा दिप प्रज्वलन गरी दिवसको शुरुवात गर्दैछ ।

१४ गते संघको संरक्षकत्वमा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा फलफुल, १५ गते विहान रक्तदान र ११ः०० बजे पुरस्कार, छात्रबृत्ति र सहयोग वितरण समारोह लगायतका विविध कार्यक्रम सम्पन्न गर्दैछ ।

समारोह प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले बताए ।

संघले दिवस समारोह अम्रपाली कटेज बुटवल ८ मा सम्पन्न गर्ने जनाएको छ । दिवसको अवसरमा सदस्यहरुमध्ये उत्कृष्ट उद्योगहरुलाई विभिन्न विधामा पुरस्कृत गर्ने, उद्योगका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने तथा विभिन्न क्षेत्रमा सहयोग वितरण गर्ने लगायतका कार्यक्रमहरु रहेको महासचिव कृष्णप्रसाद पराजुलीले बताए ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij