बुटवल
सामाजिक क्षेत्रमा कृयासिल लायन्स क्लब अफ मणिग्रामले आज रामचन्द्र मैनादेवि अनाथ आश्रम मा खाद्यान्य तथा माक्स बितरण गरेको छ । कार्यक्रमा क्लबले बर्ष २०२० ÷०२१ को बर्षको पहिलो सेवा कार्यक्रम अन्तर्गत झण्डै २० हजार रुपैया बराबरको खाद्यान्न अनाथालय का सन्चालिका मैना देबी भण्डारी लाइ हस्तान्तरण गरिएको अध्यक्ष एमजेएफ सुरज कुमार लम्साल ले बताउनुभयो । उक्तकार्यक्रमा एरिया चीफ एमजेएफ सन्दीप कसौधनले लायन्स मणिग्रामले यो लक डाउन तथा कोभिड १९ को अवस्थामा पनि दुरी कायम गरेर भए पनि सामाजीक क्षेत्रमा सेवाका कार्यहरु गरेकोमा प्रसम्सा गर्नुभएको थियो । कार्यक्रमा जोन चेयर पर्सन डा. प्रकाश पान्डे,प्रथम उपाध्यक्ष प्रकाश भण्डारी, सचीव चोला प्रसाद पाठक लगाएत बोल्नुभएको थिया । जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नारा लाई चरितार्थ गर्दै लैजाने २०२० ÷०२१ लाई सामजीक सेवा गर्ने लम्साले बताउनुभयो
प्रकाशित मिति : आइतबार, असार २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्